राजेन्द्र आचार्य
चितवन, ६ कार्तिक । मुलुकको तेश्रो पर्यटकीय क्षेत्र चितवन सौराहा यतिवेला पर्यटकहरुको चहलपहल भरिभराउ भएको छ ।
भुकम्प, भुकम्प, नाकावन्दी, नारायाणगढ–मुग्लिन सडकका कारण सुस्ताएका यहाँ पर्यटन यतिवेला सुस्ताएको पर्यटनमा त्यस यता अहिलेसम्मकै धेरै भएको यहाँका होटल व्यवसायीहरुले दावी गरेका छन् ।
दशैसगैँ यहाँ पर्यटन व्यवसायको समेत सुरुवात भएको क्षेत्रिय होटल संघका सदस्य जीतु तामाङ्गले भने, हामीले त सोचेका पनि थिइनौँ, यहाँ विदेशी भन्दा यतिवेला स्वदेशी पर्यटकहरुले सबै ठाउँ भरिभराउ भएर भ्याईनभ्याई छ ।
जसका कारण यतिवेला व्यवसायीहरुमा खुसीयाली पनि छाएको छ । व्यवसायीहरुको चटारो बढेको छ ।
चितवनको सौैराहाको पर्यटन क्षेत्रमा वडा दशैसगैँ बाह्य भन्दा आन्तरिक पर्यटकहरुको घुईचोका कारण हामी उत्साहित छौँ क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले भने विगतमा भन्दा यो बर्ष दशैमा दोब्बर पर्यटन छन्, सोचे भन्दा धेरै राम्रो हुने अपेक्षा छ ।
उनले सडककै राम्रो भएका कारण पनि दशैमा घुम्न आउने आन्तरीक पर्यटकहरु बृद्धि भएको बताए ।
विविध कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले दशैसगैँ आन्तरिक पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायीहरुले राहत महसुस गरेका छन् । विदाका कारण परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा आएपछि चहलपहल बढेको व्यवसायीहरूले बताएका छन् ।
संघका अध्यक्ष सुमन घिमिरे केन्द्रिय हानको निर्णय अनुसार सौराहामा केहि प्रतिशत छुट गरेका कारण पनि चहलपहल बढेको बताउछन् ।
बकिङ्ग आउने क्रम बढ्दै
सौराहामा यतिवेला पर्यटकीय सीजन सुरु भईसेको छ । संघका अध्यक्ष घिमिरेले दिएको जानकारी अनुसार यतिवेला धमाधम बुकिङ्ग समेत आउने क्रम बढेको छ ।
अक्टोबर र डिसेम्बरका लागि यतिवेला ६० देखि ७० प्रतिशत बुकिङ्ग भईसकेको जानकारी दिदै उनले यो बढेर ७५ देखि ९० प्रतिशत पुग्ने अपेक्षा गरेको बताए ।
सौराहामा बढीमा युरोपियन पर्यटक राख्ने सौराहाका सपना भिलेजमा सेमत यतिवेला ६० प्रतिशत बुकिङ्ग भईसकेको होटलका प्रबन्ध निर्देशक धुव्र गिरीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सपना भिलेजमा यतिवेला विदेशी पर्यटकहरुले चहलपहल अन्य होटलमा भन्दा ३० प्रतिशतले बढी छ ।
नारायणगढ मुग्लिन सडकका निराश बनाएको अवस्थामा दशैमको अवसरमा पर्यटकहरु आउदा आफुहरु उत्साहित भएको क्षेत्रिय होटल संघ सौराहाका सदस्य लजिक श्रेष्ठले बताए ।
विदेशी पर्यटकहरुपनि अहिले विगत भन्दा धेरै नै बढी देखिएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए ।
यहाँ आएका पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जका गैँडा, हात्ती नहेरी फर्कन्नन् त्यसैले पनि सौराहा पर्यटकका मामलामा भाग्यमानी छ” गिरीले भने ।
दशैको अवसर परि निकुञ्जमा दुई दिनमा १५ हजार बढी पर्यटक आएकोे निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।
निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेको सपना भिलेज लजका प्रबन्ध निर्देशक धुव्र गिरीले बताए ।
निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुङ्गगीले पर्यटकको मन लोभाउने गर्दछ ।
पर्यटक आउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू पनि भरिभराउ देखिएका छन् । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौली, का होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ । सौराहामा ७५० वटा रेष्टुरेन्ट र ११० वटा साना ठुला होटलहरु रहेका छन् ।
सौराहा क्षेत्रमा मात्रै पर्यटन क्षेत्रमा १२ अर्ब बढी लगानी भएको क्षेत्रिय होटल संघको तथ्याकं छ ।
यस्तै सौराहासगैँ यतिवेला पश्चिम चितवनको पटिहानी जगतपुर, मेघौली र गोलाघाट क्षेत्रमा समेत पर्यटकको संख्यामा वृद्धि भएको क्षेत्रिय होटल संघ पटिहानी–मेघौलीका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।