चितवन, ११ असोज । सौराहा आउने पर्यटकलाई सात ओटा नयाँ गतव्य सहित टुर घोषणा गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा यहाँ एक कार्यक्रमकाबीच नेपालको तेश्रो पर्यटकिय गन्तव्यस्थल सौराहालाई चितवन जिल्लाको अन्य गन्तव्यसंग जोडेर पर्यटन विकास गर्न सुरुवात गरिएको हो ।

वन्यजन्तु,सफारी पर्यटनमा आधारीत सौराहाको व्यवसायलाई दिगो वनाउँदै पर्यटनको विकास गर्न जिल्लाका सात वटा गन्तव्यस्थलाई सौराहासंग जोडिएको छ । सौराहामा रहेका जैविक विविधता सुचना केन्द्र,थारु सास्कृतिक संग्राहालय,चित्रसारी स्थित चित्रसेन बाबा मन्दिर,रत्ननगरको जिरौना स्थित धर्मधाम,भरतपुर स्थित तीनखोले गुम्वा,देवघाट क्षेत्र र नारायणी नदिलाई जोडेर पर्यटन विकासको गतिविधी सुरु गरिएको हो । ३९ औं अन्र्तराष्ट्रिय पर्यटन दिवसको अवसर पारेर विहीवार नयाँ गन्तव्यस्थलसंग जोडिएको घोषणा गरियो र । सौराहामा आयोजित एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्लाका सात गन्तव्यस्थल सौराहासंग जोडिएको घोषणा गरे । सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्लाका अन्य क्षेत्रलाई समेत जोडेर पर्यटन विकास गर्नु पर्ने वताए । सौराहामा पर्यटकिय पुर्वाधार नभएको पर्यटन व्यवसायीहरुले गुनासो गरेको सन्र्दभमा नगर प्रमुख वनले सार्वजनिक जग्गा संरक्षणमा साथ नदिने तर वाहिर हल्ला गर्दै हिड्न नहुने वताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले पर्यटन क्षेत्रमा ठुलो लगानी भएपनि सौराहालाई पुर्नसंरचना गर्न नसकिएको वताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पर्यटकिय क्षेत्र पहिचान गरेर वजारीकरण गर्न सके चितवनको पर्यटन विकासले फड्को मार्ने बताए ।

क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहाल,७ का वडाध्यक्ष लालवहादुर भट्ट,संघका प्रथम उपाध्यक्ष दिपक भट्टराई,महासचिव राममणी खनाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु बलराम दाहाल, राजन भट्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नारायणी यातायात व्यवसायी प्रा।लि।का शंकर गिरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।