चितवन, १५ भदौँ । चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ वटा सवारी साधनले यात्रुहरुको भाडा फिर्ता गरेको छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भाडादर अनुगमन तथा चेकजाँचमा कडाई गर्दै भाडा फिर्ता गराएको हो ।

मध्य नेपालमा पर्ने चितवनमा बस, माईक्रोहरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने गरेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै गरिएको भाडादर अनुगमन तथा चेकजाँचमा कडाईमा यात्रु ठगेको भटिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

सो अवसरमा चितवनलगायत पश्चिमबाट नारायणगढ हुँदै काठमाण्डौ तथा पोखरा तर्फ जाने यात्रीबाहक सवारी साधन ९बस, माईक्रो०हरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने गरेको भेटिएको समेत उनले बताए ।