भाद्र–१ । महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदो अवस्थामा लोक गायनको उर्वरभूमी स्याङ्गजा जिल्लामा जन्मी लामो समयदेखि मुग्लिन बजारलाई कर्म क्षेत्र बनाईरहेका गायक गोविन्द रिजालले दोश्रो तीज कोसेलीको रुपमा “फन्को मारी मारी” बोलको तिज गीत बजारमा ल्याएका छन् । युटुव मार्फत सार्वजनिक गितमा गायक रिजाललाई स्वरमा चन्द्र परियार तथा अहिलेका चर्चित गायिकाहरु शानती श्री परियार र सम्झना भण्डारीले साथ दिएका छन् । गीतमा चन्द्र परियारकोको उत्कृष्ट शब्द तथा लय रहेको छ । गितको म्यूजिक भिडियोमा गाएक रिजाल संगै काशी गुरुङ, रिना थापा र स्मृती रेग्मीले अभिनय गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ ।
साई भिजन प्रा.लि.मार्फत बजारमा आएको गित र म्युजिक भिडियो राम्रो बनेकोले दर्शक र श्रोताहरुले मन पराउनेमा आफु आशावादी रहेको गायक रिजालले वताए ।
भिडियो हेर्नुहोस