चितवन, २६ साउन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमल पाठक विजयी भएका छन् । डीएलएका तर्फबाट अध्यक्षका उम्मेद्वार नीलकण्ठ अधिकारीलाई ९ मतको अन्तरले पराजित गर्दै पाठक विजयी भएका हुन् । पाठकले ९३ मत प्राप्त गरेभने अधिकारीले ८४ मत प्राप्त गरे । उपाध्यक्षमा पिएलएका हरि मैनाली विजयी भएका छन् ।