विकास पौडेल

चितवन ७ साउन । चितवनका दुग्ध किसानहरु आन्दोलित भएका छन् ।  दूधको मूल्य घटाएपछि किसानहरु आन्दोलित भएका हुन् । उनिहरुले मुल्य बृद्धिको विरुद्धमा केही दिन देखि विभिन्न गतिविधि गर्दै आन्दोलनलाई जारी राखेका छन् ।
दूधको मूल्य घटाएको विरोधमा पुर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर चोकमा किसानहरुले आज बाटोमा हिडेका बटुवाहरुलाई दुध खुवाएका छन् ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ र चितवन जिला दुग्ध उत्पादक सहकारी संघको सम्मन्वयमा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगर को सहकार्यमा रत्ननगर दुग्ध उत्पादक सम्मन्वय समिति द्धारा आयोजित विरोध कार्यक्रम्म अन्तर्गत आज समितिले पूर्वपश्चिम राजमार्गको बकुलहर चोकमा बाटो हिड्ने बटुवाहरुलार्य दुध खुवाएर विरोध जनाएका हुन् ।उनिहरुले “सम्पुर्ण दुग्ध किसान–एक हौं ,दुधको मुल्य–समायोजन गर ,दुध माफिया–होसियार ,दुधको आयात–वन्द गर,दुग्ध उत्पादन क्षेत्रको भविब्य–ग्यारेन्टी गर ,अन्य मुल्यवृद्धि सरह–दुधको मुल्यको वृद्धि गर लगायतका नारा लगाएका थिए ।”
सरकारी स्वामित्वमा रहेकोे डीडीसीले नै दूधको मुल्य घटाएको र त्यसलाई आधार देखाएर अन्य निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएको भन्दै किसानहरु आन्दोलित भएका छन ।
दुधको माग बढ्ने र उत्पादन घट्ने बेलामा दूधको मूल्य घटाएको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका उप–सभापति रामेश्वर पोखरेलले बताउनु भएको छ ।
छिमेकि देशबाट आयत गरिएको कम गुणस्तरको पाउडर दूधको कारणले नेपाली किसानहरुले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै पोखरेलले पुरानो मूल्य कायम नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । विरोध कार्यक्रममा चितवन जिला दुग्ध उत्पादक सहकारी संघका सभापति हरिहर सुवेदी, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य गणेश वर्तौला, भागीरथ तिमल्सीना, वालकृष्ण उप्रेति, रत्ननगर सम्मन्वय समितिका संयोजक एकनारायण पौडेल, व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर वगाले, खैरहनी नगरपालिका दुग्ध उत्पादक सम्मन्वय समितिका अध्यक्ष मुकुन्द दवाडी , राप्ति नगरपालिका दुग्ध उत्पादक सम्मन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलिया लगायत नगर भित्रका कृषकहरुको उपस्थिती रहेको थियो ।

यस अघि पनि खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा र राप्ती नगरपालिकाका किसानहरुले पूर्वपश्चिम राजमार्गमा दूध पोखेका थिए ।