चितवन, १३असार । पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । । चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा आज बिहान ६ :३० बजे पहिरो खसेपछी सडक अवरुद्ध भएको थियो ।
अहिले विहान ११ : ४५ बजेबाट सडक दुई तर्फी संचालनमा आएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

बाटो अवरुद्ध भएपछि कयौं सवारी साधनहरु बिच बाटोमै अलपत्र परेका थिए । हिजो पनि बिहानै देखि पहिरो खस्दा अबरुद्ध बनेको सडक अपरान्ह ४ बजेबाट मात्र संचालनमा आएको थियो ।

बाटो विस्तारका क्रममा काटिएका पहाड र भित्तोबाट पहिरो खस्दा यो सडक खण्डमा यात्रा जोखिमयूक्त बन्दै गएको छ ।