हिरालाल गुरुङ
मुग्लिन , १२ असार । चितवनको इच्छाकामना ५ स्थित मुग्लिनमा लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धी जनचेतनमुलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन, सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिन र ५ नम्बर वडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) धर्म बहादुर केसीले लागु औषध दुरुपयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी र समुदायबीच हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो । प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने निरिक्षक केसीको भनाई छ ।


कार्यक्रममा वडा अध्यक्ष मोदराज सिलवालले लागु औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयोे । नियन्त्रणका लागि जनताले पनि स्वंय प्रहरीलाई सुचना दिनु पर्ने उहाँको भनाई छ । अध्यक्ष सिलवालले लागु औषध दुरुपयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी र समुदायसंग हाते मालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै मुग्लिन बजारमा ¥याली निकालिएको थियो । ¥यालीमा इलाका प्रहरी कार्यलय मुग्लिन सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिन, जनप्रतिनिधि, सिर्जनशिल महिला जागरण केन्द्र, सिद्ध इच्छाकामना आमा समूह, त्रिवेणी यूवा क्ल्ब, उद्योग वाणिज्य संघ, होटल व्यवसायीसंघ,मस्र्याङ्दी शिक्षा सदन,ग्रिण्ड फिल्ड इँग्लिश वोर्डिङ स्कुल लगायत स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष खुनप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।