३१ जेठ । मनकामना र ताक्लुङमा दुई दिन विधुत सेवा अवरुद्ध हुने भएको छ । आँबुखैरेनीबाट वितरण गरिएको आँबु मनकामना खण्डको ११ केभी लाईनमा कन्डक्टर अपग्रेडिङ कार्य गर्नु पर्ने भएकोले असार १ र २ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म गोरखाको सहिद लखन गाउँपािलका स्थित साबिकको मनकामना गाविस र ताक्लुङमा विद्युत सेवा अवरुद्ध हुने भएको नेपाल विधुत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।