चितवन, २० जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । आज दिउँसो ३ बजे चितवनको इच्छाकानमा गाउँपालिका ६ स्थित चार किलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि ६ ः ३० बजेबाट दुई तर्फी सडक संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।