इच्छाकामना,८जेठ।चितवनको इच्छाकामना गाउँपालिकामा मदिरा तथा होटल व्यावसायी र आन्तरिक राज्वश्व कार्यालयबीच अन्त शुल्क सम्बन्धि अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।  इच्छाकामना गाउँपालिका वडा न ३ स्थित सिद्धार्थ होटल चुम्लिङटारमा कार्यक्रम सम्पन्न भएको हो ।
मदिरा तथा होटल व्यावसायीहरुलाई अन्त शुल्क,लाइसेन्स लिने नविकरण,अन्त : शुल्क  नियम नियम निर्देशिकाले तोकेका सर्त पुरा गर्ने र त्यो भन्दा बाहिर गएर कारोवार गरे अवैध हुने र राज्यले भेटिएमा कारवाही हुने आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गोविन्द प्रसाद अचार्यले बताउनुभयो । मदिरा र होटल व्यावसायको कानुनी प्रावधान र प्रकृयाका बारेमा जानकारी गराउन अन्र्तकृया कार्यक्रम संचालन गरिएको आचार्यको भनाई छ ।
सबै व्यावसायीहरुलाई ऐन नियम बारे जानकारी गराइने र अनुगमन गरिने बताउदैँ आचार्यले अटेर गरेको भेटिए अन्त शुल्क एन अनुसार कारवाही हुने जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ इच्छाकामनाका अध्यक्ष कल्याण गुभाजुको अध्यक्षतामा भएको अन्र्तकृया कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्य समिति सदस्य चन्द्रमणी सापकोटा, उद्योग वाणिज्य संघ मुग्लिनका उपाध्यक्ष कुमार श्रेष्ठ सहित इच्छाकामना गाउँपालिकाका मदिरा तथा होटल व्यावसायीहरुको सहभागिता रहेको थियो ।