इच्छाकामना,२६ बैशाख । यूवाहरुलाई दुई दिने मनोसामाजिक शिक्षा र जिवन उपयोगी सीप तालिम दिइएको छ । इच्छाकामना गाउँपालिका वडा न ४ को आयोजनामा केबलकार चेरेस स्थित मगर समाज भवनमा १३ बर्ष देखि २० बर्ष समूहका २० जना यूवाहरुलाई दुई दिन तालिम दिइएको हो ।
तालिमको आज गाउँपालकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले तालिममा सहभागी यूवाहरुलाई आफुले तालिमबाट सिकेका ज्ञानलाई व्यावहारमा लागु गर्न आग्रह गर्नुभयो । साथै उापध्यक्ष श्रेष्ठले गाउँपलिाकामा विभिन्न सीप मुलक स्वरोजगारमुलक तालिम संचालन भईरहेको तालिममा सहभागी भई आत्म निर्भर बन्न यूवाहरुलाई आग्रह गर्नुभयो ।
वडा सदस्य तथा गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङले यूवा अवस्थामा लागु औषधमा फस्न सक्ने, गलतबाटो अपनाउन सक्ने जस्ता अवस्था आउने भएकोले यूवाहरुलाई सकरात्मक बाटो तर्फ डो¥याउन यस तालिमले सहयोग गर्ने विश्वास व्याक्त गर्नुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले यूवा अवस्था आउने समस्याहरु कसरी समाधान र व्यावस्थापन गर्ने र जिवनलाई कसरी सकरात्मक दिशा तर्फ लैजाने भन्ने विषयमा किशोर अवस्थाका यूवाहरुलाई यस्ता किसिमका तालिमहरु आवस्यक रहेका बताउनुभयो । केसीले आगामी दिनमा तालिममा यूवतीहरुको पनि सहभागीता गराउन सुझाव दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक दारेचोक स्वास्थ्य चौकीका प्रमुख हरि बहादुर देवकोटाले तालिमबाट लिएका ज्ञान दैनिक जिवनमा प्रयोगमा ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रमका सभापती तथा वडा न ४ का अध्यक्ष होम बहादुर रानाले यूवा अवस्थामा आउने जटिलता र समस्या सामाधानका बारे यूवाहरुलाई ज्ञान दिई सकरात्मक बाटो हिड्न मदत पुगोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
दुई दिन सम्म चलेको तालिममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसी, दारेचोक स्वास्थ्यचौकीका प्रमुख हरि देवकोटा, गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङ,महिला तथा बालबालिका शाखाका प्रमुख मिना लामा बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल(TPO)का प्रतिमा कंडेल र कल्पना अधिकारी लागयतले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रम महिला बालबालिका शाखा इच्छाकामनाका मिना लामाले संचालन गर्नुभएको थियो ।