चितवन, १९ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामना गाउपालिकाको अध्यक्षमा सावित्री सिलवाल चयन भएकी छिन् ।संघको गाउपालिका तेस्रो भेलाले सिलवालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा अप्सरा कडेँल, सचिवमा सम्झना सिलवाल र कोषाध्यक्षमा दिलु चेपाङ रहेका छिन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) चितवन जिल्लाको अध्यक्ष संगिता भट्टराई प्रमुख आतिथ्यमा भेला सम्पन्न भेलामा इच्छाकामना गाउपालिकाको इन्चार्ज प्रताप गरुङ विशेष अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले समाज परिवर्तनको महिलाहरुको भूमिका महत्वपूर्ण हुने समाजलाई विकास र समृद्धि बनाउन अग्रसर हुन निर्देशन दिईन् ।
साथै समाज रुपान्तरण र महिलाको अधिकार स्थापना गर्ने मुख्य भूमिका क्रान्तिकारी महिलाहरुले नै खेलेका बताईन् ।
यस्तै अबको महिलाको भूमिका संविधानले दिएको अधिकार सबैै महिलामा उनीहरुको जीवन व्यवहारमा कसरी लागू गराउने र राज्यको अनुभूति कसरी दिलाउने भन्नि नै हो भन्दै त्यो जिम्मेवारी हामी क्रान्तिकारी महिलाहरुको कै भएको बताईन् । कार्यक्रममा माओवादी केन्द्रका गाउपालिका इन्चार्ज प्रताप गुरुङ,संयोजक हरि थापा लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।