इच्छाकामना ६ फागुन । नारायणगढ–मुग्लिन सडक अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकैबाट नदि किनारमा खसेर एक जनाको मृत्यु भएको छ ।

शनिवार राती ११ बजे बसबाट झरेर पिसाव गर्न जादाँ सडकबाट १५० मिटर नदी किनारमा खसेर भानु नगरपालिका ३ तनहुँ चाम्बासका ५९ बर्षिय विष्णु जोशीको मृत्यु भएको हो ।
अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थाापन तालिम केन्द्र कुरिनटारका शसस्त्र प्रहरी बलले शबलाइसडक किनाराबाट निकालिएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।

ग १ ख ४१५५ नम्बरको बसमा भानु नगरपालिका ३ तनहुँ चाम्बास बाहुन क्षेत्री गुठी समाजको टोली सदस्य लुम्बिनी भ्रमणबाट फर्किएका थिए ।