इच्छाकामना (चितवन) २६माघ । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको दुई विद्यालयमा बिहिबार स्वीटर वितरण गरिएको छ ।
। चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेल र लायन्स क्लव इन्टरनेशनल पूर्व डिष्ट्रिक गर्भनर घनश्याम भट्टराइको सहयोगमा स्वीटर विरण गरिएको हो ।
इच्छाकामना गाउँपालिका वडा न ६ मा रहेको आधारभूत निमावि चनौटे र राप्रावि तुन्तेसमा अध्ययनरत विधार्थीलाई स्वीटर वितरण गरिएको नेकपा एमालेका जिल्ला सदस्य जुनाराज भण्डारीले जानकारी दिनुभयो ।
नेकपा एमालेका जिल्ला सदस्यहरु श्रीप्रसाद कँडेल, जुनाराज भण्डारी पूर्व जिल्ला सदस्य कृष्ण सिलवाल,इच्छाकामना गाउँपालिका संयोजक दानवहादुर गुरुङ जिल्ला समन्वय समितिका सदस्य कृष्ण गुरुङ अखिल नेपाल महिला संघ साविकको दारेचोक गाविसका अध्यक्ष माय सिलवाल, विद्यालयका अध्यक्ष लगायतको उपस्थितिमा स्वीटर वितरण गरेका हुन् ।