ईच्छाकामना,४ माघ । अखिल नेपाल महिला संघ ईच्छाकामनाले चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । २०७४ को देउसी भैलोबाट संकलित रकमले वडा नं ३ मा रहेको गणेश राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

नेकपा एमाले निकट अखिल नेपाल महिलासंघ ईच्छाकामना गाउँपालिका वडा न ५ का अध्यक्ष दुर्गा पाण्डे लगायतको सक्रियतामा २०७४ सालको देउसी भैलो कार्यकार्यक्रम गरि रकम संकलन गरिएको थियो ।
नेकपा एमाले जिल्ला सदस्य जुनाराज भण्डारी, श्रीप्रसाद कडेँल लगायतको उपस्थितिमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

न्यानो कपडा र शैक्षिक सामाग्री पाएपछि चेपाङ बालबालिकाहरु खुसी भएका छन् ।