काठमाडौँ ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले भोलि (शुक्रबार) नेपाल बन्दको आवहान नगरेको स्पष्ट पारेका छन् ।नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण समेत भएको समेत बताएका छन् ।

नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको बताएका छन् ।‘हाम्रो
नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन्‍ने सूचना पार्टीमा आएको भन्दै चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको पुनले बताए ।

यसैबीच बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । यद्धपि यसको औपचारिक घोषणा भने उनीहरुले गरेका छैनन् । तर सामाजिक सञ्जाल फेसबुमा उनिहरूले यसपटकको बन्द केहि फरक शैलीमा गर्न लागेको भन्दै पोष्ट गरेका छन् ।