चितवन ७ मंसिर । चितवन क्षेत्र नम्बर २ प्रदेश सभा (क) का लागि काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ लाई जनताले गुनासोको चाङ्ग लगाई दिएका छन् । कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका जनतालाई श्रेष्ठलाई बिकास निर्माण देखि अनेकन गुनासाहरुको चाङ्ग लगाई दिएका हुन ।

कालिका नगरपालिकाका जनताले श्रेष्ठसामु बिकास निर्माणका साथसाथै कृषि क्षेत्रको बिकासका लागि आग्रह गरेका छन् । सो क्षेत्र सुख्खा क्षेत्र भएका कारण खेति गर्नका लागि सिचाईको व्यवस्था, सडकको स्तर उन्नति, खानेपानीको व्यवस्था गर्न आग्रह गरेका हुन । क्षेत्र नम्बर २ (क)ले आज जुटपानीमा आयोजना गरेको चुनाबि घरदैलो कार्यक्रमका क्रममा जनताको गुनासो आएको हो ।
२०७० सालको निर्वाचनमा काँग्रेसले जितेको सो क्षेत्रमा धेरै जसो बिकास सडक र सिचाईमा भएको भए पनि त्सले अझै प्रयाप्त नभएको जनताले बताएका छन् । यस क्षेत्रलाई सिचाईको व्यवस्थागर्न सके यहाँको कृषि उपजले जिल्लामा खाध्यसुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने उहनिहरुको भनाई थियो । स्थानिय हिरालाल थिङ्गले जनताको मर्म बुझनका लागि स्थानिय व्याक्ति चाहिने बताउनु भयो । यो क्षेत्रलाई सधै पछाडि पारिएको भन्दै उहाँले यहाँको बिकास र जनताको गुनासो संम्बोधन गर्न आग्रह गर्नु भयो । यस क्षेत्रका जनतालाई बिकास संगै रोजगारीको बातावरण मिलाउन समेत उहाँले आग्रह गर्नु भयो ।

चेपाङ्, दलित, जनतजाति समुदाय बसोबास रहेको सो क्षेत्रका महिलाहरुले महिलाहरुका लागि स्वरोजगार तालिम, विद्यालयमा निशुल्क शिक्षा, उच्चा शिक्षाको व्यवस्था गर्न रस्मिता श्रेष्ठले आग्रह गर्नु भयो । नेपाली काँग्रेस चितवनका सभापति समेत रहनु भएका श्रेष्ठ घरदैलोमा पुग्दा सो क्षेत्रका जनताले उहाँलाई यस्ता गुनासोको चाङ्ग लगाई दिएको हुन । जनताको गुनासो सुनिसके पछि श्रेष्ठले जनताको हक अधिकारका लागि काँग्रेसलाई रुख चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह समेत गर्नु भयो ।
आफ्नो बिजयीले यस क्षेत्रको बिकासमा कुनै कसुर बाँकि नराख्ने बताउँदै उहाँले आफु स्थानिय भएकाले निर्वाचनमा विजयी सुनिश्चित रहेको बताउनु भयो । स्थानिय भेस भूषा र भौगोबि बनावटका बिषयमा आफुलाई ज्ञान भएको बताउँदै श्रेष्ठले यस क्षेत्रको बिकास गर्नका लागि आफु पूर्ण रुपमा योजना बनाएर अघि बढ्ने बताउनु भयो । श्रेष्ठले आज कालिका नगरपालिकाको पदमपुर, भर्टेनी लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।