राजनीति

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी
चितवन :  प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ । रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो । पाण्डेले ३५०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका र...

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित
मंसिर ९ , चितवन ।प्रदेश सभा चितवन क्षेत्र न.३ (२ ) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।

रबि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

रबि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी
चितवन :  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । छामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।  

चितवन २ को प्रदेशसभा (२ )मा कांग्रेसका उत्तम जोशी विजयी

चितवन २ को प्रदेशसभा  (२ )मा कांग्रेसका उत्तम जोशी विजयी
चितवन :   चितवन क्षेत्र नम्बर २ को २ को प्रदेश सभामा नेपाली कांंग्रेसका उत्तम जोशी विजयी हुनुभएको छ । जोशीले १३३०६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका देबी ज्ञावलीले १२७४४ मत प्राप्त गर्नु भएको छ । जोशी ५६२ मत अन्तरले विजयी हुनुभएको हो ।

चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी

चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी
चितवन :  चितवन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा १ मा नेकपा एमालेका कृष्ण सिलवाल विजयी हुनुभएको छ । गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका घनश्याम दाहाललाई पराजित गर्दै सिलवाल विजयी हुनुभएको हो ।

चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता

चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता
चितवन:  चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा रबिले ७ हजार ३९२ मतले अग्रता लिएका छन् । रबिले १३ हजार ६४१ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । इच्छाकामना गाउँपा...

चितवन २ मा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

चितवन २ मा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल
  चितवन, ६ मंसिर । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।  चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३८७९ र कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् । इच्छाकामनामा तेश्रो बनेका रबिले कालिकाबाट अग्रता लिएका हुन् ।

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
चितवन :  चितवनमा मत गणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मत गणनास्थलको सुरक्षामा व...

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ
काठमाडौँ :  मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका( ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो...

मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध

मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध
काठमाडौं  : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन। मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो अवधिमा दल तथा उम्मेदवारको पक्ष...