पुनर्कर्जा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक
कोरोना कहरबाट ग्रसित ऋणीलाई सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरता दिन उद्योगी–व्यवसायीले माग गरेका छन् ।
पर्यटनलगायत धेरै क्षेत्र हाल पनि पीडित रहेका तथा यसमा आश्रित कर्मचारी पनि बेरोजगार रहेका कारण सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरताको साथसाथै रोजगार संरक्षण कोष स्थापना पनि आवश्यक रहेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘कोरोना प्रभावित उद्योगका कर्मचारीलाई आफ्नो जीविकोपार्जन गर्...