चितवनको पर्यटकीय नगरी सिराईचुली,उपर्दाङ्गगढी, ऐतिहासिक धार्मिक स्थल ईच्छाकामना मन्दिर लगायत थुप्रै धार्मिक स्थलहरु र लामो झरना लगायत महत्वपूर्ण प्राकृतिक सौन्दर्यले भरीपूर्ण ईच्छाकामना गाउँपालिकाको वडा न. ४ कुरिनटारमा केन्द्रिय कार्यालय रहने गरि हामीले अनलाईन डिजिटल पत्रिका ईच्छाखबर डटकम संचालनमा ल्याएका छौँ ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा,निरन्तर लागिरहेका अनुभवी पत्रकारहरु आवद्ध यस ईच्छाकामना मिडिया नेटवर्क प्रा.लिले सत्य तथ्य निष्पक्ष र सन्तुलित खबरका अनलाईन संचालनमा ल्याएका हौँ । पाठकहरुको सुझावलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नेमा हामी प्रतिवद्ध छौँ । आवाजविहिनहरुको आवाज बनेर सार्वजनिक निकायहरुलाई खबरदारी गर्दै समाज परिवर्तनको एउटा अंग हामी बन्न चाहन्छौँ ।
नेपाली भाषाको यो न्युज पोर्टलले समाचार, आर्थिक गतिविधि, पर्यटन, विचार,खेल विश्व, मनोञ्जन सुचना, गतिविधि तथा विभिन्न क्षेत्रका समाचार र विश्लेषणलाई समेट्ने प्रयास गर्ने छ । राष्ट्रियता, लोकतन्त्र,नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामी राष्ट्रको पहरेदार भएर लडीरहनेछौँ ।