हेटौंडा, ३० पुस । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ ।मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
त्यस्तै आयोगको सोमबार नै बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाको अध्यक्षतामा आवधिक योजना तर्जुमा समिति पनि गठन गरेको छ । प्रदेशको आवधिक योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको डा। देबकोटाले जानकारी दिनुभयो ।
समितिमा आयोगका सदस्य, मुख्यमन्त्रीको कार्यालय तथा सबै मन्त्रलयहरुका सचिवहरु सदस्य तथा आयोगका सचिव सदस्य सचिव रहने आयोगका शाखा अधिकृत चिरञ्जीवि पौडेलले जानकारी दिनुभयो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनितिक सल्लाहकार जेएन थपलिया, ३ नम्बर प्रदेशका प्रमुख सचिब आन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिब रमेश शिवाकोटी सहभागि हुनुहुन्थ्यो ।
इच्छाखबर संवाददाता












