इच्छाकामनना, ६ साउन  :  चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा घर फोर्ने दुई जना पक्राउ परेका  छन् ।  मङ्गलबार बिहान दुई बजेको समयमा चोरी गर्ने उदेश्यले  स्थानीय  पृथ्वी श्रेष्ठको घर फोरी गर्ने नुवाकोट जिल्ला नौकुण्ड गाउँपालिका वडा न. २ बस्ने वर्ष ६० को छिरिङ तामाङ र सोही ठाउँ बस्ने अर्का वर्ष २७ को अभिषेक मगरलाई पक्राउ गरेको अस्थाई प्रहरी चौकी फिस्लिङका सहायक प्रहरी निरीक्षक घनश्याम लामाले बताउनुभयो ।  कोही पनि नभएको घरमा फोरीरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  उनिहरुको साथबाट घर फोर्नका लागि प्रयोग गरिएको गैती समेत बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय मुग्लिन पठाइएको सहायक प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।
साथै वेवारिसे अवस्थामा सोही स्थानमा एक स्कुटर पनि फेला परेकोले सोही स्कुटरमा आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।