मुग्लिन, ४ साउन :   नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत चितवनको  इच्छाकामना गाउँपालिका ५ तुइनखोला नजिकै  सडकमाथिबाट  ढुङ्गा खसेर कारमा लाग्दा तीन जना घाइते भएका  छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो साढे २ बजे नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको यूपी ८० जिपी २९२८ नम्बरको  भारतीयकारमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा भारतको आग्रह बस्ने चालक ४२ बर्षिय रतेन्द्र यादव,कारमा सवार  सोही ठाउँका  ३३ बर्षिय हर्मोन यादव र हितेन्द्र यादव घाइते भएका हुन् ।  उनिहरुको  स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मु्ग्लिनले जनाएको छ ।