धादिङ :  बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामा शुक्रबार भेला सम्पन्न भएको हो । कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थपलियाले अब स्रष्टाको अभिलेखन भएको छ । प्रज्ञा परिषद र प्रज्ञा कार्यसमिति गठन गरिने बताउनुभयो ।स्रष्टाहरुको लागि सम्मानको बाटो खुलेको र साहित्यिक गतिविधि प्रतिष्ठानबाट संचालन गर्नका लागि पालिकाले निति तथा कार्यक्रम र किानून बनाएर लागु गर्ने अध्यक्ष थपलियाको भनाइ छ ।


भाषा साहित्यको संरक्षणमा पालिका लाग्न साहित्यकारहरुले आग्रह गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी,कलाकार मधु रसाईली बिश्व निकेतन काठमाडौका प्रधानाध्यापक हेरम्बराज कडेल, लोमस वाङमय प्रज्ञा प्रतिष्ठान काठमाडौंका सल्लाहाकार जगदिश्वर पोखरेल, सोही प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे क्याम्पस प्रमुख,प्रअ तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।