गण्डकी: गोरखाको गण्डकी गाउँपालिका  गाउँसभाको १८ औँ अधिवेशन  सुरु भएको छ ।  आजदेखि सुरु भएको  गाउँसभामा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना‘सकार’ले आगामी आर्थिक बर्ष २०८२/०८३ को  निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  निति तथा कार्यक्रम  गाउँसभाबाट  पारित गरेको छ । साथै चुल आर्थिक बर्षको बजेट संशोधन विद्येक पनि सर्वसम्म  गाउँसभाले अनुमोदन गरेको छ ।
अध्यक्षले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरुले आफ्नो धारणा तथा सुझावहरु राखेका थिए ।  निति तथा कार्यक्रममाथि छलफल पश्चात अध्यक्ष साकारले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
निति तथा कार्यक्रममा पालिका बाट रु ५ लाख र वडाबाट रु एक लाख भन्दा माथीका मात्र योजनाहरु सञ्चालन गर्ने,यूवाहरुलाई उद्यमसंग जोड्दै विदेशीनुबाट रोक्ने, पर्यटनमा त्रिशूली जनलयात्रादेखि  भिजिट भैरवी र भिजिट महादेवडाडा अभियान सञ्चालन, गाउँपालिका र सहकारी , उत्पादन र बजारीकरणमा साझेदारी, एक सहकारी एक व्यवसायिक उत्पादन,कृषि यान्त्रिकरण कार्यक्रम, एक वडा एक माध्यमिक विद्यालय, शिक्षकलाई आधुनिक  सूचना प्रविधिसँग अभ्यास्त र अद्यावधिक गाराउन प्रविधिसगैँ शिक्षक लगायतका रहेका छन् ।  विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष सारकारले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष तिमिल्सिनाले आगामी आर्थिक बर्षका लागि तर्जुमा गरिएको  बार्षिक निति तथा कार्यक्रम पूर्ण र सही कार्यन्वयन नै गण्डकी गाउँपालिकाको सुन्दर भविष्य हो भन्ने विश्वास व्यक्त गर्नुभयो ।    आगामी गाउँसभा बैठक असार ९ गते बस्ने गाउँपालिकाले जनाएको छ ।