गोरखा, २ असार  । गण्डकी गाउँपालिकाको आयोजनामा सञ्चालित महिला समूहहरूलाई लक्षित “समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम” आज दोस्रो दिनस सम्पन्न भएको छ। गण्डकी गाउँपालिका सभाहल, तोमनडाँडामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीमती ललिता अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष श्री दीपक तिमिल्सिना (साकार)को प्रमुख आतिथ्य रहनुभएको थियो ।

उपाध्यक्ष अधिकारीले  महिलाहरूको सशक्तिकरणका लागि समुहहरूको दक्षता र कार्यशैली सुदृढ गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो , “महिला समूहहरू सामाजिक परिवर्तनका संवाहक हुन्, तसर्थ यस्ता कार्यक्रमहरू उनीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछन्।”

495168902_687601374062686_8651491167516524475_n1750086086.jpg

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले समूह सञ्चालनको प्रभावकारिता स्थानीय शासनसँगको सहकार्यमा अझ बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो , “गाउँपालिकाले महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेको छ। समूहहरूको पारदर्शी सञ्चालन र आत्मनिर्भरता सुनिश्चित गर्न यस्ता पुनर्ताजगी तालिमले विशेष योगदान पुर्‍याउने विश्वास लिएको छु।”

कार्यक्रममा विभिन्न वडाका महिला समूह प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। समुह सञ्चालनका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा तालिम दिइएको आयोजकले जनाएको छ।यस पुनर्ताजगी कार्यक्रम अन्तर्गत तेस्रो दिनको तालिम भोलि मिति २०८२ असार ३ गते वडा नं.७, घ्यालचोकको सभाहलमा सञ्चालन हुने गण्डकी गाउँपालिकाले जानकारी दिएको छ।