गोरखा :  गण्डकी गाउँपालिकाको सार्वजनिक  सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष  दीपक तिमिल्सिना (सकार)को  अध्यक्षतामा बुधबार गाउँपालिकाको कार्यालय परिसरस्थित सभा हल, तोमनडाँडामा सार्वजनिक सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाले आर्जन गरेका आम्दानी, खर्चको विवरण तथा हालसम्म सम्पन्न कार्यक्रमहरूको प्रगति सार्वजनिक गरिएको थियो।
सार्वजनिक सुनुवाईमा सहभागीहरुबाट  आएका  जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना ,उपाध्यक्ष ललिता अधिकारी  वडाध्यक्ष तथा गाउँपालिका मातहतका विभिन्न शाखा प्रमुखहरुले दिएका थिए ।

497441753_663549429801214_2699771622152284971_n (1)1747240620.jpg
साथै  सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा तथा जनगुनासाहरूलाई समेत समेट्दै सम्बन्धित विषयमा स्पष्टिकरण दिएका थिए ।
गाउँपालिकाबाट प्रवाह  हुने  सार्वजनिक सेवा तथा  योजना तथा कार्यक्रम प्रति सेवाग्राहीबाट पृष्ठपोषण लिने उदेश्यले सार्वजनिक सुनाई गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि लगायत गाउँपालिकाका स्थानीयहरुको  उपस्थिति रहेको थियो।