इच्छाकामना :  सर्व शान्ति माध्यमिक विद्यालय २०६२ एसएलसी ब्याचद्वारा राष्ट्रिय आधारभूत विद्यालय आलडाडाँ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरका छन् ।
गाउँपालिका पूर्व अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा झोला, कापी, कलम लगायत शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
विद्यायका ४३ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सर्व शान्ति माध्यमिक विद्यालय  २०६२ एसएलसी ब्याचका विद्यार्थीहरुले आफै रकम संकलन गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।
संयोजक धन बहादुर बानियाँ सह–संयोजक ओम गुरुङ र सञ्जय पाखरेलले लगायतको टोली विद्यालयमै पगेर शैक्षिक सामाग्री वितरण गरेका हुन् ।