मुग्लिन ११ साउन । चितवनमा दुई वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक शुक्रबार बिहान ६ः १० बजे नारायणगढ–मुुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका १ भतेरी जङ्गगलमा एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र कन्टेनरका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो । दुबै चालकलाई उपचारका लागि सरकारी अस्पतला भरतपुर पु¥याइएको थियो ।
उहाँका अनुसार दुर्घटनामा भारतीय ट्रकका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमद गम्भीर घाइते हुनुभएको छ । घाइते अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
इच्छाखबर संवाददाता












