कुरिनटार :   नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनको इच्छाकामनामा  कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङको नाम टुंगो लगाएको हो ।  नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।
चितवन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेश सांसद सिलवाल इच्छाकामना ५ मुग्लिन निवासी हुन् ।