चितवन :  चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउन ४ गते राती १० बजे भरतपुर महानगरपालिका २ बाईपास रोडमा बिशालचोकबाट आँपटारी तर्फ जाँदै गरेको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री सोही स्थान बस्ने बर्ष ४२ की शुष्मा श्रेष्ठ घाइते हुनुभएको थियो ।
टाउकोमा चोट लागेको अवस्था गम्भीर घाइते  भई नयाँ मेडिकल कलेजमा उपचारको क्रममा आज ( आइतबार) बिहान  १०  ः ५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठको शबलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको  छ ।
मोटरसाइकल चालक भरतपुर ११ बस्ने हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेको  समेत टाउको, नाक र दाहिने खुट्टामा चोट  लागेका थिए ।  पुरानो मेडिकल कलेजमा उपचार पश्चात डिस्चार्ज भई चालक न्यौपानेलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो ।