कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा आधारभुत स्पताल सेवाको समुद्घाटन गरिएको छ ।बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालको समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री जोशीले इच्छाकामनालाई वागमती प्रदेशले कहिल्यै टाढा नराखेको र टाढा पर्न पनि नदिइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ विगतको बर्षमा भन्दा कम बजेट प¥यो होला अहिले राज्यको बजेट नै कम छ, तपाइले रातो किताब हेर्नुभयो भने थाहा हुन्छ ,बागमती प्रदेश सरकारले इच्छाकामनाको विकासका लागि उल्लेख्य सहयोग गरेको छ,इच्छाकामनालाई बगमती प्रदेश सरकारले कहिल्यै टाढा राखेको छैन र टाढा पर्न पनि दिइने छैन ।”
कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवालले एमालेले जितेका क्षेत्रमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरेको र भेदभावपुर्ण व्यावहार गरेको आरोप लागउनुभएको थियो । मन्त्री जोशीले यहाँको सडक निर्माण स्वास्थ्य लगायत विकासका पूर्वाधारमा बजेट विनियोजन भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस आधारभुत अस्पतालले इच्छाकामना मात्र नभएर धादिङ,गोरखा लगायत छिमेकी पालिकाहरुका जनतालाई पनि सेवा प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारी, प्रदेश सांसद कृष्णाप्रसाद सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य प्रताप गुरुङ, नेपाली कांग्रेसक जिल्ला सदस्य विष्णु कुँवर,स्वास्थ्य कार्यालय चितवनका प्रमुख इन्द्रमणी भण्डारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राख्नुभएको भयो ।
गाउँपालिका अध्यक्ष दान बहादु गुरुङको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पनन भएको हो ।




इच्छाखबर संवाददाता












