काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी हुनुभएको छ । बिहिबार मध्यरातमा घोषणा भएको चुनावी परिणाममा अध्यक्षमा केसी निर्वाचित हुनुभएको हो ।
प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। डा. केसीले १३७८ मत प्राप्त गदै निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी आरके शर्माले १२८१ मत र महेश श्रेष्ठले १२२५ मत प्राप्त गर्नुभयो ।
काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्माले २२६५ मत, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा. विनोद श्रेष्ठ १५६० निर्वाचित हुनुभयो ।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी हुनुभयो । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गर्दै पराजित हुनुभयो ।
यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी हुनुभयो । संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी हुनुभयो । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गर्नुभयो। यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० विजयी हुनुभयो ।
यस्तै ६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी हुनुभएको छ ।
यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका विजयी हुनुभयो । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी हुनुभयो । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना,अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे बिजयी हुनुभयो। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी हुनुभयो ।
इच्छाखबर संवाददाता












