सुमन सुवेदी

भरतपुर : चितवनको इच्छाकामना ५ मुग्लिनका व्यवसायीहरुले म्याद गुज्रिएको समाग्रीहरु बिक्रि वितरण गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मुग्लिनका तीन व्यवसायीलाई एक लाख ३० हजार रूपैयाँ जरिवाना तिराएको छ । मंगलबार विभागले पनि मुग्लिन बजारमा अनुगमन गरेको थियो । डिबिएम ट्रेडर्सलाई एक लाख, दाल भात पावरलाई २० हजार र रिजाल जनरल स्टोर्सलाई १० हजार रूपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । म्याद गुज्रिएको सामान बिक्री गरेको र सरसफाइ कायम नगरेकाले तीनवटा व्यवसायलाई जरिवाना गरिएको बताइएको छ ।