मुग्लिन : नारायणगढ –मुग्लिन सडक खण्डमा स्कुटी दुर्घटना हुदाँ एक यूवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. २–०४६ प १६९२ नम्बरको स्कुटर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा आज विहान दुर्घटना हुदाँ घटना स्थलमै एक यूवती मृत्यु भएको हो ।
मृतकको पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताउनुभयो । “हामीलाई दुर्घटना बारे विहान ७ : ४५ बजे जानकारी भएको हो,दुर्घटनाका मृतकको पहिचान भएको छैन, दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ –प्रहरी निरिक्षक तामाङले भन्नुभयो ।”
उहाँका अनुसार मृतकको साथबाट सिन्धुपालचोक ठेगाना भएका संगिता भण्डारी बर्ष २४ उल्लेख गरिएको नागरिकता भेटिएको छ ।
अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
इच्छाखबर संवाददाता












