धादिङ  :   पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी  गाउँपालिका वडा नम्बर २ मलेखु  स्थित मजुवामा  बुधवार बिहान  ट्रकले ठक्कर दिँदा दुई  जना विद्यार्थीको ज्यान गएको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै  गरेको  प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै  ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

मृत्यु हुनेमा  वागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

घटनापछि भागेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।