कुरिनटार : मनकामना केवलकारको सेवा दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि आज र भोली दुई दिन सेवा बन्द हुने भएको हो ।
असोज १९ गतेबाट भने नियमित रुपमा सेवा सुचारु हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक निर्देशक उज्वल शेरचनले जानकारी दिनुभयो ।केवलकार बन्द रहेपनि सो अवधिमा चितवनको इच्छाकामना ४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्टे सेवा भने सञ्चालनमा उहाँले बताउनुभयो ।
प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जान सहजताका लागि सञ्चालनमा रहेको मनकामना केवलकार नेपालको पहिलो केवलकार हो ।