चितवन ः जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यपूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठ जस्ता पर्व मनाउन आग्रह गरेको हो ।
प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न, बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भीडभाडमा नजान, भीडभाड हुने स्थानहरूमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा चनाखो रहन, यात्रा गर्ने क्रममा अपरिचित मानिससँग घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र अपरिचित व्यक्तिले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान आग्रह गरेको छ ।
इच्छाखबर संवाददाता












