इच्छाकामना गाउँपालिकामा सन्चालित एक ब्यस्त होटलमा सिलबन्दी गरिएको छ ।   चाडपर्वको बेला मुख्यराजमार्गको होटलहरुमा अखाद्यपदार्थको प्रयोग र अस्वस्थ खानेकुरा खुवाएको तिब्र रिपोर्ट आएपछि खाद्य गुण नियन्त्रण बिभागको टोलिले चितवनको इच्छाकामना गाउँपालिका ३ मा सन्चालित एभरेष्ट होटलमा छापामार्दा खानेकुरा राम्रोसंग भणडार नगरेको , बासी खाने कुराहरु बेच्नकोलागि राखेको , काम नगर्ने बिग्रेको फ्रीजमा बेच्नको लागि खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्सा को सरसफाइ राम्रो नभएको,खाना पकाउने तेलको गुणस्तर राम्रो नभएको ,प्रयोग नभएको  मासु लाई बोराले छोपेर राखेर उपभोक्ताको स्वास्थमा गम्भीर लापरवाही गरेको कारण होटल सिलबन्दी गरिएको बताइएको छ।    मापदण्ड पूरा गरेर मात्र उक्तहोटल सन्चालनमा आउन सक्ने खाद्य तथागुण नियन्त्रण बिभागले जनाएको छ।