काठमाडौँ  :  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख समेत रहेका नेम्बाङको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो ।

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।