कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रीता अर्याल नेपालको सभापतित्वमा बुधबार सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य कृष्णप्रसाद पोखरेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलिया लगायतको उपस्थिति रहेको थियो ।

करिब १९ समूह सहभागी प्रतियोगितामा मुग्लिनको नेवाः मिसा पुजः प ३११.५ अंकका साथ प्रथम हुन सफल भएको छ भने प्रगती पाठशाला कुरिनटार २९१ अंकका साथ दोस्रो र सप्तरंगी समूह चुम्लिङटार २८४।५ अंकका साथ तेस्रो भएको छ ।
यस्तै सान्त्वना स्थानमा २७३.५ अंकका साथ सृजनशील महिला जागरण केन्द्र मुग्लिन र २८३ अंकका साथ छोरी बुहारी समूह पिपलडाडा रहन सफल भएको छ । यो सँगै पहिलो हुने समूहले रु। १० हजार नगद, दोस्रो हुनेले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार र सान्त्वना हुनेले नगद ३ हजार मायाको चिनो र प्रमाणपत्र पाएका छन् भने सहभागी प्रत्यक समूहलाई नगद १ हजार र प्रमाणपत्र दिईएको छ ।
कार्यक्रमको संचालन संस्थाका सदस्य भगवती सिलवालले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य सिता अर्यालले गरेका थिए ।
इच्छाखबर संवाददाता












