मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुइर्फी नै सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका चितवनको इच्छाकामना ६ टोपेखोलामा आज बिहान ६ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएसगैँ बिहान ८ : १० बजेदेखी सडक दुइतर्फी सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
पहिरो पञ्छाएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्ने गरेका कारण यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।
इच्छाखबर संवाददाता












