मुग्लिन :  पहिरो कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गएराती इच्छाकामना ६ तोपेखोलामा पहिरो ख सेपछि दुइतर्फी सवारी अवरुद्ध बनेको हो ।