इच्छाकामना गाउँपालिकाद्वारा प्रचलित शिक्षा ऐन तोडमोड गरि विद्यालय शिक्षक र कर्मचारी छनौट कार्यविधी जारी गरेको भन्दै विभिन्न संघ संस्था र राजनैतिक पार्टीले बिरोध जनाएका छन।                                                                                               व्यवस्थापिका संसदबाट संशोधन भएर कार्यबिधि आउनुपर्नेमा  सरकारको स्वीकृत दरवान्दिमा करार शिक्षक तथा विद्यालय कर्मचारी छनौट कार्यविधि -२०८० इच्छाकामना गाउँपालिकाले वभिन्न  नियमावली ऐन र बिधि मिचेर जारी गरेको र त्यो तुरुन्त फिर्ता गर्न भन्दै  नेपाल शिक्षक संघले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र  बुझाएको छ भने। नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी इच्छाकामनाका प्रमुख द्वारा हस्ताक्षरित भ्रत्सना बिज्ञप्ति जारी गरिएको छ।                                                                                             गाउँपालिका द्वारा जारी कार्यविधिमा शिक्षक कर्मचारी छनौटमा विभिन्न अंकभार विधि तोडमोड गरिएको साथै  छनौटको सम्पुर्ण अधिकार गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा निहित हुने गरेर गरिएको जनाइएको छ।