इच्छाकामना : चितवनको इच्छाकामनामा चेम्बर अफ कमर्श गठन भएको छ । अश्विन कुमार लम्सालको अध्यक्षतामा २३ सदस्सिय तदर्थ समिति गठन गरिएको हो।
कुरिनटार स्थित प्रगति पाठशालामा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षहरुमा मोदराज सिलवाल र गोकर्ण श्रेष्ठ, महासचिवमा माधवप्रसाद पोखरेल,सचिवमा रण बहादुर थापा ,कोषाध्यक्षमा कमला भुजेल र सह-कोषाध्यक्षमा शोभा खनाललाई चयन गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष तथा केन्द्रिय सदस्य भाई चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
इच्छाखबर संवाददाता












