हुग्दिखोला  : धादिङको बेनिघाट रोराङ १० स्थित  सडकको किनाराको गमलामा फुलको   विरुवा  रोपिएको छ । गाउँपालिका र बेनिघाट रोराङ युवा क्लबको सहकार्यमा  दुई सय भन्दा बढी गमलामा फुल रोपिएको हो।गाउँपालिका र क्लबले सडकमा ¥यालिङसहित गमलामा फुल रोपिएको हुग्दिखोला टोल उपभोक्ता समितिका अध्यक्ष निरज रिजालले बताउनुभयो ।
बेनीघाट रोराङ युवा क्लबका अध्यक्ष अनिल  रिजालका अनुसार बागमती प्रदेश सरकारको लगानीमा ढलानसहित निर्माण भइरहेको हुग्दिखोला हुँदै हात्तिवाङ, काउले जोड्ने ग्रामीण सडकमा आज फुल रोपिएको हो ।उक्त सडकलाई आकर्षक बनाउनका लागि   बेनीघाट रोराङ गाउँपालिकाले बेनीघाट रोराङ युवा क्लबसंगको सहकार्यमा ¥यालिङ सहित   गमलामा फुल रोपिएको  स्थानिय सन्तोष पौडेलले बताउनुभयो ।
क्लब, हुग्दिखोला टोलविकास संस्था  र स्थानियहरुको सहभागितामा फुलको विरुवा रोपिएको हो ।