कुरिनटार : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले ७ वटा विद्येयक पारित गरेको छ । सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि ७ वटा विद्येयक पारित गरेको गाउँपालिकाले जनाएको छ ।
सोमबार बसेको गाउँपालिकाको १३ औँ गाउँसभाको बैठकले कर तथा गैर कर उठाउने सम्बन्धि विद्येयक,गाउँ शिक्षा ऐन,२०७५ पहिलो संशाोधन विद्येयक २०८०, सहकारी ऐन, २०७५पहिलो संशोधन विद्येयक२०८०,इच्छाकामना गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७९, रणनितिक कृषि विकास योजना (२०७९/०८०- २०८३/०८४), गाउँ शिक्षा योजना (२०७९-२०८९) विद्येयक पारित भएको गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपालले जानकारी दिनुभयो ।
सभाध्यक्ष गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले प्रश्तुत गर्नुभएको विद्येयक सर्वसम्मत सभाले पारित गरिएको प्रवक्ता नेपालले बताउनुभयो ।
इच्छाखबर संवाददाता












