मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा सोमबार विहान २ बजे पुन : पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो पञ्छाई विहान ७ बजेबाट सडक दुइतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो ।
पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालक समेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।
यस अघि शनिवार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि हिजो साँझ पख मात्रै खुलेको थियो । सोही स्थानमा गत बिहिबारदेखि रदेखि पटक –पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।
इच्छाखबर संवाददाता












