मुग्लिन : नारायगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा गएराती २ बजे पहिरो खसेपछि सडक सडकह अवरुद्ध भएको हो ।
पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।बट्रक
अहिले पहिरो पञ्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । थप पहिरो नखसे केहीबेर सडक सञ्चालनमा आउने प्रहरीको भनाई छ ।
यसअघि हिजो पनि शनिवार रातिदेखि बन्द भएको सडक बेलुकीपख मात्रै खुलेको थियो ।